भीमफेदीमा लोडर पल्टियो, चालक घलानको मृत्यु

जनपत्र
३० बैशाख २०७८, बिहीबार ०६:५७

हेटौंडा । मकवानपुरको भीमफेदीमा सडक निर्माण गर्ने क्रममा अनटेष्ट लोडर पल्टँदा चालकको घटना स्थालमानै मृत्यु भएको छ । हिजो साँझ साढे सात बजेतिर भिमफेदी गाउँपालिका वडा नम्बर–३ कैलाशडाँडा ऐनाभिरमा लोडर सडकबाट तल पल्टँदा चालकको घटनास्थलमानै मृत्यु भएको हो ।

मृत्यु हुनेमा लोडर चालक भिमफेदी गाउँपालिका–३ चिलाउने बस्ने  २५ बर्षीय राजेन्द्र घलान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठोरले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*