मकवानपुरमा आज थप १८२ जनामा कोरोना संक्रमण पुष्टि

जनपत्र
२९ बैशाख २०७८, बुधबार १४:३७

मकवानपुर जिल्लामा आज थप एक सय ८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुनेहरु हेटौंडा उपमहाँनगरपालिका, भीमफेदी गाउँपालिका, मनहरी गाउँपालिका, बागमती गाउँपालिका, र जिल्ला बाहिरका समेत रहेका छन् । संक्रमित अधिकांश हेटौंडा उपमहानगरपालिका क्षेत्रका रहेको जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।

संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका १ सय ६७ जना, मकवानपुरगढी गाउँपालिकाका ४ जना, भिमफेदी गाउँपालिकाका ३ जना, मनहरी र बकैंया गाउँपालिकाका एकएक जना रहेका छन् भने जिल्ला बाहिरका ६ जना रहेका छन् । संक्रमित मध्ये ८३ महिला र ९९पुरुष रहेको रहेका छन् ।
No description available.

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*