मकवानपुरमा आज थप ११६ जनामा कोरोना संक्रमण पुष्टि

जनपत्र
२८ बैशाख २०७८, मंगलवार १५:११

हेटौंडा । मकवानपुर जिल्लामा आज थप एक सय १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुनेहरु हेटौंडा उपमहाँनगरपालिका, भीमफेदी गाउँपालिका, मनहरी गाउँपालिका, बकैयाँ गाउँपालिका, राक्सिराङ गाउँपालिका र जिल्ला बाहिरका समेत रहेका छन् । संक्रमित अधिकांश हेटौंडा उपमहानगरपालिका क्षेत्रका रहेको जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।

बैशाख २६ र २८ गते संकलित १८६ नमुना मध्ये १८०को पीसीआर परिक्षणबाट ११५ जना र ६ नमुनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणबाटा १ जना गरी ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*