हेटौंडामा निषेधाज्ञा थप कडाई गर्दै स्थानीय प्रशासन

हेटौंडा उपमहानगरपालिकाको प्रत्येक वडामा ‘अटो एम्बुलेन्स’ संचालन गरिने
जनपत्र
२७ बैशाख २०७८, सोमबार १७:३९

हेटौंडा/ हेटौंडामा जारी निषेधाज्ञालाई जिल्ला प्रशासन कार्यालय मकवानपुरले थप कडाई गर्ने भएको छ। मकवानपुर कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञालाई थप कडाई गर्ने निर्णय गरेको हो ।

उक्त निर्णय अनुसार निर्माण सामग्री ढुवानी गर्ने सवारी र सवारीसाधनहरु मर्मत गर्ने सबै वर्कसपहरु पनि विहान १० बजे देखि ३ बजेसम्म मात्रै संचालन गर्न पाईने छ । त्यसैगरी नेपाल अटो तथा विद्युत यातायात प्रा।ली हेटौंडाले हेटौंडा उपमहानगरपालिका अन्र्तगतका वडा कार्यालयहरुसंग आवश्यक संमन्वय गरी प्रत्यक वडामा दुई/दुई वटा अटो एम्बुलेन्स संचालन गर्ने निर्णय पनि गरेको छ ।

त्यसैगरी जेष्ठ नागरिकहरुलाई बितरण गर्दै आएको सामाजिक सुरक्ष भत्ता संम्बन्धित वडाका वडाध्यक्षले सम्बन्धित ब्यक्तिहरुको घरमै गई बितरण गर्ने ब्यवस्था मिलाउने र अनाधिकृत होल्ड गरिएका अक्सिजन सिलिन्डरहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले आवश्यक ब्यवस्था मिलाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि हेटौंडा उपमहानरपालिकामा पनि अटोलाई ऐम्बुलेन्सको रुपमा प्ररिने भएको छ । मकवानपुर कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले हेटौंडा उपमहानरपालिकाका १९ वटै वडामा  अटो एम्बुलेन्स संचालन गर्ने निर्णय गरेको हो ।

नेपाल अटो तथा विद्युत यातायात प्रा.ली हेटौंडाले हेटौंडा उपमहानगरपालिका अन्र्तगतका वडा कार्यालयहरुसंग आवश्यक संमन्वय गरी प्रत्यक वडामा दुई/दुई वटा अटो एम्बुलेन्स संचालन गरिने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

समयमै एम्बुलेन्स पाउने अवस्था नहुन सक्ने र जारी निषेधाज्ञाका कारण यातायातका अन्य साधन नपाउने स्थिति भएपछि प्रत्येक वडामा अटोको प्रयोग गर्न लागिएको हो । यसअघि थाहा नगरपालिकाले पनि नगरमा सञ्चालित अटोरिक्सालाई एम्बुलेन्सका रुपमा प्रयोग गर्ने निर्णय गरेको थियो । प्रहरखवरबाट ।

May be a black-and-white image of text

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*