प्रधानमन्त्रीको प्रस्तावको पक्ष र विपक्षमा छैनौं : ठाकुर

जनपत्र
२७ बैशाख २०७८, सोमबार १६:५८

काठमाडौँ — जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गरेको विश्वासको मतको विषयमा आफूहरू तटस्थ रहेको बताएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले भने, ‘यो प्रस्तावको पक्षमा पनि छैन, विपक्षमा पनि छैन ।’

मुलुकमा लोकतन्त्र आइसकेपछि पनि राजनीतिक आन्दोलनमा लागेका व्यक्तिहरू जेलमा रहेको भन्दै अहिले सरकारलाई विश्वास दिन सक्ने र अविश्वास गर्ने ठाउँमा पनि नरहेको ठाकुरको भनाइ थियो । ‘लोकतन्त्र आइसकेपछि पनि हामी पीडित अवस्थामा छौं । साथीहरू जेलमा छन्,’ ठाकुरले भने ।

प्रतिनिधिसभा सदस्य रेशम चौधरी जेलमा रहेको, प्रदेशका मन्त्री, प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि तारेखमा रहेको भन्दै ठाकुरले विश्वासको मत दिन नसक्ने बताए ।

जसपाको तर्फबाट अध्यक्ष उपेन्द्र यादवले पनि समय मागेर आफ्नो धारणा राखिरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*