नेता खनाल काेराेना सङ्क्रमणमुक्त

काठमाण्डाै – नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल काेराेना सङ्क्रमणमुक्त हुनुभएको छ । सङ्क्रमित भई नर्भिक इन्टरनेशल अस्पतालमा उपचाररत उहाँ आइतबार साँझ सङ्क्रमणमुक्त हुनुभएको हो ।
उहाँका स्वकीय सचिव कृष्ण भट्टराईले हिजो पीसीआर परीक्षण गर्दा उहाँमा सङ्क्रमण नदेखिएको बताउनुभयो । उहाँका अनुसार सङ्क्रमणमुक्त भए पनि केही दिन चिकित्सकको सल्लाहमा नेता खनाल अस्पतालमै रहनु हुनेछ ।
सङ्क्रमित भएपछि गएकाे बैशाख १८ गते अस्पतालमा भर्ना हुनुभएका पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य सुधारोन्मुख रहेको स्वकीय सचिव भट्टराईले जानकारी दिनुभयो ।