ओलीलाई ९ बजेका लागि अल्टिमेटम दिएका माधव नेपाल पक्षका सांसदहरुको बैठक बस्दै

जनपत्र
२७ बैशाख २०७८, सोमबार ०७:३०

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसमक्ष ६ बुँदे प्रस्ताव राखी अहिले ९ बजेसम्मका लागि अल्टिमेटम तोकेको माधव नेपाल पक्षका सांसदहरुको बैठक बस्ने भएको छ। बैठक बिहान ९ बजे सिंहदरबारमा बस्ने भएको बताइएको छ। प्रधानमन्त्री ओलीले आफ्नो सरकार संकटमा परेपछि आज विश्वासको मत लिँदैछन्। आफ्नो पक्षमा मतदान गर्न सबैलाई आग्रह गरेपनि आफ्नै दलको नेपाल झलनाथ समूहल साथ नदिने देखिएपछि ओली तनावमा छन्।

यही मेसोमा नेपाल खनाल पक्षले पनि प्रधानमन्त्रीलाई ६ बुँदे प्रस्ताव राखेर सच्चिन आग्रह गरेको छ। नसच्चिएमा आफ्नो पक्षका सांसदले सामुहिक राजीनामा दिने धम्की नेपाल खनाल पक्षले पटकपटक दिँदै आएका छन्। आइतवार नै राजीनामाको तयारी गरे पनि उक्त राजीनामा रोकिएको छ। आजको सांसदको बैठकले के निर्णय गर्छ भन्ने विषयमा कुनै निर्क्यौल निस्कन नसकेको सांसदहरु बताउँछन्। विश्वासको मत लिनका लागि संसदको विशेष अधिवेशन दिउँसो १ बजेबाट शुरु हुँदैछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*