मकवानपुरगढीका मेहनती किसान, गाइपालनबाट मासिक एक लाख ४० हजार आम्दानी

जनपत्र
२६ बैशाख २०७८, आईतवार ११:१५

मकवानपुरगढी । जस्ताको छानो र सिमेन्टेड भइ भएको एल आकारको गोठ । भइतलामा लस्करै बाधिएका गाइ । माथील्लो तलामा गोदाम गरिएको पराल । वरपरको खेत र बारीमा हरियो बिभीन्न जातका घास । मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ सोलथुमका किसान गितानाथ हुमागाईको गोठमा पुग्दा यस्तै देखिन्छ । गोठमा होलिस्टेन र जर्सी गाइ पालिएका छन् । गाईलाई मेसीनका माध्यमले घाँस टुक्रा पारेर खुवाइन्छ । मेसीनलेनै गाइको दुध दुने गरिएको छ । गाइको गोबरले ग्यास बालेर उहाँका परिवारले खाना पकाउने गरेका छन् । गाइको पिसाव एउटा टंकीमा जम्मा गरेर खेतबारीमा मलका रुपमा प्रयोग गरिदै आएको छ ।

हुमागाँईले अहिले आफ्नो गोठमा १४ वटा गाई पालन गर्नु भएको छ । १३ वटा गाइले बिहान बेलुका दुध दिन्छ । एउटा गाई ब्याउने छ । घर नजीकैको चन्द्र सूर्य दुग्ध उत्पादक सहकारी संस्थाको डेरीमा उहाँले दैनिक ९० लिटर दुध बिक्री गर्दै आउनु भएको छ । गितानाथ र उहाँकी श्रीमतीले गाइपालनका सबै काम भ्याउनुहुन्छ । गाइपालनको काम पुस्तौ देखि गर्दै आएपनि अहिले भने व्यावसायीक रुपमा गर्दै आएको हुमागाईं वताउनुहुन्छ । दुध बिक्री गरेर मासिक रुपमा एक लाख ४० हजार रुपैयाँ सहकारीबाट लिने गरेको उहाँ बताउनुहुन्छ । यो आमदानीले घरखर्च गर्ने काम संगै बचत पनि गर्दै आउनुभएको छ ।

कृर्षि बिकाश बैक हेटौंडाबाट १२ प्रतिशत दरमा २५ लाख रुपैयाँ ऋण लिएर ब्याबसायीक गाई पालन सुरु गरिएको बताउँदै उहाँ भन्नुहुन्छ –पहिले एक दुईवटा गाई पालन गर्दा घरखर्च र निर्बाहका लागि मात्र पालन गरियो । तर अहिले ब्याबसायीक रुमा गाईपालन गरेपछी छोराछोरी पढाउन पनि सजिलो भएको छ । केही आम्दानी गरेर बचत समेत गरेको छु । ब्याबसायीक रुपमा गाई पालन गरेको सात बर्ष बित्दा पनि यस क्षेत्रबाट पाउने अनुदान रकम भने उहाँलाई हात पार्न गारो भएको छ ।

ठुलो रकम ठुलै टाठा बाठाहरुले हात पार्ने र सानो थोरै रकम मात्र अहिले सम्म दुईपटक अनुदानका रुपमा प्राप्त गरेको उहाँको स्मरण छ । पशुबिभागबाट एक लाख ५० हजार र जिल्ला पशुसेवा कार्यालय मकवानपुरबाट एक लाख ५० हजार गरी ३ लाख मात्र अनुदान पाएको उहाँ बताउनुहुन्छ । गाईपालनमा उहाँका श्रीमती दिलकुमारी हुमागाईले सघाउने भन्दा बाहेक कर्मचारी पनि राख्नुपरेको छैन । भएका बारीमा सबै घाँस खेति गरेपछी चामल किनेर खानुपरेपनि घाँस खेतिबाट सजिलो भएको उहाँ बताउनुहुन्छ । अहिले दुधको रकम थोरै र दाना, चोकरको मुल्य निकै महगो भएका कारण समस्यामा परेको उहाँको गुनासो छ ।

दुध उत्पादन गरेर सहकारीमा बिक्री गर्ने किसानका लागि मकवानपुरगढी गाउँपालिका र बागमती प्रदेशको भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तरगतको पशुपन्छी तथा मत्स्य बिकास निर्देशनालय हेटौंडाबाट बिगतका वर्ष देखि अनुदान रकम लिदै आउनु भएको छ । यो अनुदान रकमबाट दुघ उत्दान गर्नका लागि थप सहयोग पुगेको उहाँ वताउनुहुन्छ । मकवानपुरगढी गाउँपालिकाले बितेको आर्थिक वर्षमा प्रतिलिटर दुधमा एक रुपैयाँका दरले अनुदानबाट १७ हजार रुपैयाँ अनुदान रकम पाउनुभयो । त्यसैगरी प्रदेश सरकारबाट ३४ हजार रुपैयाँ अनुदान रकम लिएको उहाँ बताउनुहुन्छ ।

अनुदान रकमबाट धेरैनै सहज भएको र सिधै किसानको हातमा परेको यो उदाहरण मात्रै हो । चन्द्रसूर्य दुग्ध उत्पादक सहकारी संस्थामा रहेका एक सय १० जना सदस्यले बितेको आर्थिक वर्षमा प्रदेश सरकार मार्फत प्रतिलिटर दुधमा एक रुपैयाँका दरले अनुदान रकम ३ लाख २६ हजार ९ सय ५८ रुपैयाँ प्राप्त गरेका छन् । त्यसैगरी मकवानपुरगढी गाउँपालिकाबाट पनि एक लाख ६३ हजार ४ सय ७९ रुपैयाँ प्राप्त गरेका छन् ।
गाउँपालिका र प्रदेश सरकारले प्रतिलिटर दुधमा अनुदान रकम दिएपछी किसानले आफ्ना उत्पादनमा बृद्धी गरेका छन् । चालु आर्थिक वर्षमा मकवानपुरगढी गाउँपालिकाले प्रतिलिटर दुधमा एक रुपैयाँ र बागमती प्रदेश सरकारले प्रतिलिटर दुधमा दुइरुपैयाँका दरले बितरणको अन्तीम तयारी गरेको छ । जेठ र असार महिना सम्ममा किसानलाई दुधमा अनुदान रकम बितरण गरिसक्ने जनाएको छ ।

मकवानपुरगढी गाउँपालिका वडा नम्बर–३ देबिडाँडाका किसान प्रेम दाहाल यस क्षेत्रमा व्यावसायीक रुपमा गाएपालन गर्ने मध्यका पुराना किसान हुनुहुन्छ । उहाँको गोठमा गाइका लस्कर छन् । गाइलाई नुहाउनका लागि धारा पनि जडान गरिएको छ । हातले भन्दा पनि मेसीनका माध्यमले गाइ दुहुदै आउनु भएको छ । बारी र पाखाभरी गाइलाई मनपर्ने र दुधालु घाँस लगाउनु भएको छ । बिगत दश वर्षदेखि व्यावसायीक रुपमा गाइ पालन गरेको उहाँ वताउनुहुन्छ । उहाँको गोठमा अहिले होलीस्टेन र जर्सी जातका गाई पालन गरिएको छ ।

दैनिक एक सय २० लिटर दुध उत्पादन गरेर उहाँले मनकामना दुग्ध उत्पादक सहकारी संस्थामा बिक्री गर्दै आउनु भएको छ । मासिक रुपमा खर्च कटाएरै उहाँले ५० हजार रुपैयाँ आमदानी लिदै आउनुभएको छ । किसानलाई प्रतक्ष रुपमा सहयोग पुग्नेगरी मकवानपुरगढी गाउँपालिकाले प्रति लिटर दुधमा बितेको आर्थिक वर्षमा ५० पैसा सहयोग गरेको थियो । त्यसैगरी बागमती प्रदेश सरकारले प्रतिलिटर दुधमा एक रुपैयाँका दरले अनुदान दियो । यसबाट किसानलाई राम्रै सहयोग पुगेको दाहाल वताउनुहुन्छ ।

गाउँका मेहनती किसानका लागि भनेर बितेको आर्थिक वर्ष देखि प्रतिलिटर दुधमा अनुदान दिन थालेको मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाई वताउनुहुन्छ । प्रदेशको भूमि व्यावस्था कृषि तथा सहकारी मन्त्रालय अन्तरगतको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले बितेको आर्थिक वर्षमा प्रतिलिटर दुधमा एक रुपैयाँ अनुदान दिएको छ । चालु आर्थिक वर्षमा प्रतिलिटर दुधमा २ रुपैयाँका दरले वितरण गर्ने तयारी गरेको छ । त्यस्तै गाउँपालिकाले पनि चालु आर्थिक वर्षमा दुधमा प्रतिलिटर एक रुपैयाँ अनुदान रक दिन लागेको अध्यक्ष हुमागाईले वताउनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*