निजी बिद्यालयलाई शुल्क बृद्धि नगर्न हेटौंडा उपमहानगरपालिकाको निर्देशन

हेटौंडा / हेटौंडाका निजि बिद्यालयलाई भर्ना र मासिक शुल्कमा कुनै पनि बृद्धी नगर्नका लागि हेटौंडा उपमहानगरपालिकाले निर्देशन दिएको छ । बैशाख महिनामा बिद्यार्थी भर्ना सुरु भएसंगै निजी बिद्यालयहरुले चर्को शुल्क असुल गरेको गुनासो गरेसंगै उपमहानरपालिकाको आजको कार्यपालिका बैठकले शुल्कमा कुनै पनि किसीमको बृद्धी नगर्नका लागि निणय गरिएको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो ।
हेटौंडाका अधिकांश निजी बिद्यालयले भर्ना र मासिक शुल्कका नाममा गतबर्ष भन्दा यस पटक शुल्कमा बृद्धी गरेको छ । यो बृद्धी गरेको शुल्क तत्काल रोक्नका लागि निणय गरिएको मेयर महतले बताउनुभयो । निजी बिद्यालयहरुले शुल्क बृद्धी गरेकोमा बिभीन्न बिद्यार्थी संगठनहरुले बिरोध गर्दै आएका छन् । बिद्याथी भर्ना शुल्क बृद्धी गर्ने, पुस्तकमा र बिद्यालय पोसाकमा समेत अभिभाबको ढाड सेक्दै आएका छन् । तर निजी बिद्यालयलाई कुनैपनि कार्बाही भने भएको छैन ।