हेटौंडा अस्पतालमा आज थप दुइजना कोरोना संक्रमितको मृत्यु

हेटौंडा । हेटौंडा अस्पतालमा उपचारका क्रममा दुइजना कोरोना भाइरसका संक्रमितको मृत्यु भएको छ । कोरोनाबाट संक्रमण भएपछी अस्पतालमा ल्याइएका दुइजना पुरुषको आज बिहान मृत्यु भएको हेटौंडा अस्पतानका डाक्टर सागर काफ्लेले जानकारी दिनुभयो ।
कोरोनाबाट मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ का पुरुष र थाहा नगरपालिकाका अर्का एक जना पुषको मृत्यु भएको उहाँले वताउनुभयो । हेटौंडा अस्पतालमा कोनोना संक्रमणबाट मृत्युहुने क्रम बढेको छ ।