मकवानपुरमा आज थप १४२ जनामा कोरोना संक्रमण, स्वाब दिएका मध्य ७८ प्रतिशतमा कोरोना

जनपत्र
२५ बैशाख २०७८, शनिबार १४:००

हेटौंडा । मकवानपुरमा एकै दिन एक सय ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पुष्टि भएका मध्य अधिकांश हेटौंडा उपमहानगरपालिका क्षेत्रका रहेका छन् ।

कोरोना जाँच गर्नका लागि स्वाब दिएका मध्यमा ७८ प्रतिशतमा संक्रमण पुष्टि देखिएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले वताउनुभयो ।

कोभिड– १९ को परीक्षणका लागि लिएको १ सय ८२ स्वावको नमूना मध्ये १ सय ४२ जनामा संक्रमण पुष्टि भएको छ । यो संख्या मकवानपुरको एकै दिनको मध्ये सबै भन्दा बढी हो । यस पटकको संक्रमण दर पनि अहिलेसम्मको उच्च देखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*