हेटौंडामा ३२ करोड लागतमा प्रदेश प्रहरीको भवन निर्माण सुरु

जनपत्र
२५ बैशाख २०७८, शनिबार १२:०१

हेटौंडा । बागमती प्रदेश प्रहरी कार्यालयको मुख्यालय भवनको आज एक कार्यक्रमवीच शिलन्यास गरिएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालय बागमती प्रदेशका सचिव मदन भुजेलबाट भवन शिलन्यास गरिएको हो । बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको आर्थिक सहयोगमा बागमती प्रदेश प्रहरी कार्यालयको परिसरमा निर्माण गर्न लागिएको हो ।

तिन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ कुल लागत ३२ करोड लागतमा भवन निर्माण हुनेछ । चालु आर्थिक वर्षको लागि मन्त्रालयबाट ५ करोड निकाशा भएकोमा टेण्डर प्रकृया सवै सम्पन्न गरी काम सुरु गरिएको हो ।

निकट भविष्यमा नेपाल प्रहरी समायोजन भई प्रदेश प्रहरीको रुपमा रहने भएकोले हालको संरचना अपुग हुने र बागमती प्रदेश प्रहरीको प्रधान कार्यालयको रुपमा विकास गर्नुपर्ने भएको हुँदा भवनको निर्माण कार्य सुभारम्भ गरिएको हो । बागमती प्रदेश प्रहरी हाल संघीय अन्तर्गत रहेता पनि बागमती प्रदेश सरकारले भवन निर्माण लगायत शान्ति सुरक्षासंग सम्बन्धीत प्रत्यक्ष सरोकार राख्ने विषयहरुमा सहयोग गर्दै आईरहेको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेशको सहयोगमा हालसम्म बागमती प्रदेश उपत्यका बाहेक अन्तर्गत ३४ वटा प्रहरी ईकाई निर्माण सम्पन्न भईसकेका, १२ वटा प्रहरी ईकाई निर्माणाधिन र चालु आर्थिक वर्षमा बागमती प्रदेश प्रहरी कार्यालयको मुख्यालय समेत गरी थप २१ वटा प्रहरी ईकाई निर्माणको लागि सम्झौता भई निर्माण कार्य प्रारम्भ भईसकेको छ । समग्रमा हालसम्म ६७ वटा प्रहरी ईकाईहरु निर्माणको लागि आन्तरिक मामिला तथा कानून मन्त्रालय बागमती प्रदेशबाट सहयोगभई सकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*