मकवानपुरको राक्सिराङमा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, पाँच जना घाइते

जनपत्र
२५ बैशाख २०७८, शनिबार १०:१२

हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर–१ मा बोलेरो दुर्घटना हुँदा एक जनाको घटना स्थलमानै मृत्यु भएको छ । अरु पाँच जना घाइते भएका छन् । घाइतेहरु पाँच जनाको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले वताउनुभयो ।

गएराती साढे १२ बजे राक्सिराङ गाउँपालिका–१ बेलटारस्थित बेसीघाटबाट हेटौँडातर्फ आउँदै गरेको ना १५ च ३९२० नम्बरको बोलेरो जिप आफै अनियन्त्रित भई दुर्घटना हुँदा स्थानीय १७ वर्षीय दिनेश स्याङतानको मृत्यु भएको उहाँले वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*