हेटौंडामा नातिको बन्चरो प्रहारबाट हजुरआमाको मृत्यु

जनपत्र
२४ बैशाख २०७८, शुक्रबार १९:३७

हेटौंडा । हेटौंडामा शुक्रबार नातिको बन्चरो प्रहारबाट हजुरआमाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हेटौंडा-१७ दियालो दमारका ९० बर्षीया कान्छीमाया गुरूङ रहेकी छिन् । घरको आँगनमा बसिरहेको बेला गुरूङलाई आफ्नै नाति २२ बर्षीया आकाशले बन्चरो प्रहार गरेका थिए ।

बन्चरो प्रहारबाट घाइते गुरूङको उपचारको कममा हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी जयश्वर रिमालले बताएका छन।बन्चरो प्रहार गर्ने नातिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाइ छ ।प्रष्टखवरबाट साभार ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*