मकवानपुरमा आज थप ११४ जनामा कोरोना संक्रमण पुष्टि

जनपत्र
२४ बैशाख २०७८, शुक्रबार १६:४०

हेटौंडा । मकवानपुर जिल्लामा आज थप १ सय १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि हुनेहरु अधिकांश हेटौंडा उपमहानगरपालिका क्षेत्रका रहेका छन् ।

एक सय ७४ जनाको स्वाब संकलन गर्दा एक सय १४ जनामा संक्रमण भएको उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले वताउनुभयो । जाँच गरिएका मध्य ६५ प्रतिशतमा कोरोना संक्रमण भएको छ ।

संक्रमितहरु हेटौंडा, थाहा नगरपालिका, बकैया र मनहरी गाउँपालिका क्षेत्रका रहेका छन् । आज संक्रमित भएकाहरुमा ५ जना बालबालिका रहेको उहाँले वताउनुभयो । सबै भन्दा धेरै हेटौंडा–५ का २८जना र हेटौंडा–९ का १८ जनामा संक्रमण भएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*