प्रदेश ३ को निर्वाहमूखी कृर्षिलाई बिशिष्टिकरण गरिदै

जनपत्र
११ बैशाख २०७६, बुधबार १५:२७

हेटौंडा / आधुनिक कृर्षि बजार परियोजनालाई संचालन गर्नका लागि प्रदेश नम्बर–३ सरकार र गैर आवासीय नेपाली संघ बीच आज हेटौंडामा संझौता भएको छ । आज हेटौंडामा आयोजित कार्यक्रममा प्रशोधन सुबिधा सहितको मुना आधुनिक कृर्षि परियोजना संचालन गर्नका लागि संझौता गरिएको हो । दुबै पक्षबीच आबस्यक सहकार्य र कार्यनयन गर्न गराउन प्रदेश सरकार, भूमि, कृर्षि तथा सहकारी मन्त्रालय र गैरआवासीय नेपाली संघबीच आज संझौता भएको छ । संझौतापत्रमा भूमि, कृर्षि तथा सहकारी मन्त्रालयका सचिब डाक्टर योगेन्द्र कुमार कार्की र गैरआवासिय नेपाली संघका कृर्षि समितिका युवराज गुरुङ बिच संझौता भएको हो ।

यस प्रदेशको निर्बाहमुखी कृर्षिलाई बिशिष्टिकरण गराउने उदेस्यले यो कार्यक्रम गर्न लागिएको हो । कृर्षि उत्पादनमा बृद्धी, प्रशोधन, र बजारीकरणमार्फत समग्र कृर्षि क्षेत्रको प्रबद्धनका लागि गैर आवासीय नेपाली संघले आवहान गरेको हो । प्रशोधन सुबिधा सहितको मुना कृर्षि आधुनिक कृर्षि बजार निर्माण गर्न लागिएको छ । हेटौंडा सहित प्रदेशका बिभीन्न शहरमा आधुनिक कृर्षि बजार निर्माण गरिने संझौतामा उल्लेख छ । पूर्ण सामाजिक उत्तरदायित्व सहितको नाफा मूलक ब्याबसाय संचालन गर्ने उदेस्य राखिएको छ । यो परियोजनाबाट पुँजीलाई सामुहिक रुपमा लगानी गर्ने, शिप दक्षता र अनुभवलाई उपयोग गर्दै आधुनिक कृर्षि प्रबिधि र अन्तराष्ट्रिय जगतमा सफल भएका कृर्षि अभ्यासहरुलाई मुलुकमा भित्रयाउने लगायतका काम गर्ने लक्ष राखिएको छ ।

कार्यक्रमलाई संबोधन गर्दै प्रदेशका भूमि, कृर्षि तथा सहकारी मन्त्री दावा दार्जे लामाले नेपालको कृर्षिलाई आधुनिकिकरण गर्ने अभियानमा लागिएको बताउनुभयो । अब निर्बाह मुखि कृर्षि भन्दा पनि ब्याबसायीक कृषिलाई अगाडी बढाउन लागिएको बताउनुभयो । यो कामलाई छिटो गर्नका लागि समेत उहाँले आग्रह गर्नुभएको छ । कार्यक्रममा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलका राजनितिक सल्लाहकार जेएन थपलीया लगायतकाको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*