राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनका तीन जनाको मनोनयन दर्ता

नेकपा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल, स्वतन्त्र उमेदवार डाक्टर खिमलाल देबकोटा र नेमकिपाका तर्फबाट कृष्ण बहादुर तामाङले उम्मेदवारी दर्ता गराएका छन् ।
जनपत्र
२४ बैशाख २०७८, शुक्रबार १३:५२

हेटौंडा । राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनका आज हेटौंडामा तीन जनाले उमेदवारी दर्ता गराउनु भएको छ । नेकपा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल, स्वतन्त्र उमेदवार डाक्टर खिमलाल देबकोटा र नेमकिपाका तर्फबाट कृष्ण बहादुर तामाङले उम्मेदवारी दर्ता गराउनु भएको हो ।

हेटौंडा –५ मा रहेको वाग्मती प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेर गृहमन्त्री थापाले मनोनयन दर्ता गराउनुभएको हो । बागमती प्रदेसका मुख्यमन्त्री डोरमणि पौडेल प्रस्तावक तथा समाजिक विकास मन्त्री सरस्वती बस्नेत उहाँको समर्थक रहनु भएको हो ।

बिहान १० बजेदेखि साँझ ४ बजेसम्म दर्ताको समय तोकिएको उहाँले १२ बजेर ३० मिनेटमा मनोनयन दर्ता गराउनुभएको थियो । जित सुनिश्चित भएपछिमात्रै थापालाई उम्मेदवारी बनाउने बताएको एमालेले शुक्रबार बिहानमात्रै थापालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

गृहमन्त्री थापाले आफ्नो जित सुनिस्चित भएको वताउनु भएको छ । पत्रकारहरुसंग प्रतिकृय दिदै उहाँले उपचुनाबमा पार्टीले उमेदवार बनाएको र आफ्नो जित सुनिस्चित भएको वताउनुभयो ।

उम्मेदवारी दर्ता गराउन थापा हेलिकप्टरबाट हेटौंडा आएका आउनुभएको थियो । मनोनयन दर्ताका लागि वाग्मती प्रदेश मन्त्रिमण्डलको टोली र नेकपा एमाले नेतासहितको टोली थापासँगै प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेको नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले वताउनुभयो ।

यसअघि कांग्रेस–माओवादी साझा उम्मेदवारका रुपमा डाक्टर खिमलाल देवकोटाले उम्मेदवारी दर्ता गराउनु भएको छ । वाग्मती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनका लागि डा. खिमलाल देवकोटाले मनोनयन दर्ता गराउनु भएको हो । कांग्रेस, माओवादी तथा माधव नेपाल पक्षका वर्तमान तथा निवर्तमान सांसदहरुसहित हेटौंडा –५ मा रहेको वाग्मती प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेर देवकोटाले मनोनयन दर्ता गराएका हुन् ।

राष्ट्रियसभा उपनिर्वाचनमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका देवकोटाले चुनाव चिन्ह कलम माग गर्नु भएको छ । देवकोटाले आफु स्वतन्त्र उम्मेदवार भएको दावी गर्दै निर्वाचन आयोगसँग कलम चुनाव चिह्न माग गर्नुभयो ।

बिहान १० बजेदेखि साँझ ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएकोमा उनले ११ बजेर १५ मिनेटमा मनोनयन दर्ता गराउनु भएको थियो । मनोनयन दर्ताका लागि कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्कट्टेललगायतको टोली देवकोटासँगै बागमती प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेको थियो ।

देवकोटाको उम्मेदवारीको प्रस्तावकमा नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल र समर्थकमा नेपाली कांग्रेस बागमती प्रदेशका प्रमुख सचेतक राधा घले रहनु भएको छ ।

राष्ट्रिय सभाको उपनिर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र,नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षको संयुक्त गठबन्धनले देवकोटालाई साथ दिएको छ ।

यसैगरी बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनका लागि नेमकिपाका उम्मेदवारले पनि मनोनयन दर्ता गराएका छन । हेटौंडा –५ मा रहेको बागमती प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेर नेमकिपा उम्मेदवार कृष्ण बहादुर तामाङले पनि मनोनयन दर्ता गराउनु भएको हो । तामाङको उम्मेदवारीको प्रस्तावकमा प्रदेश सांसद सुरेन्द्रराज गोसाई र समर्थकमा सांसद सिर्जना सैज्यु रहेका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*