गृहमन्त्री थापाले दर्ता गराए राष्ट्रिय सभा सदस्यमा उम्मेदवारी

जनपत्र
२४ बैशाख २०७८, शुक्रबार १३:०३

गृहमन्त्री रामबहादुर थापाले वाग्मती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनका लागि उम्मेदवारीको मनोनयन दर्ता गराएका छन् ।

हेटौंडा -५ मा रहेको वाग्मती प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेर थापाले मनोनयन दर्ता गराएका हुन् । बिहान १० बजेदेखि साँझ ४ बजेसम्म दर्ताको समय तोकिएको उनले १२ बजेर ३० मिनेटमा मनोनयन दर्ता गराएका हुन् । जित सुनिश्चति भएपछिमात्रै थापालाई उम्मेदवारी बनाउने बताएको एमालेले शुक्रबार बिहानमात्रै थापालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

वाग्मती प्रदेसका मुख्यमन्त्री डोरमणि पौडेल प्रस्तावक तथा समाजिक विकास मन्त्री सरस्वती बस्नेत उनका समर्थक रहेका छन् । उनी उम्मेदवारी दर्ता गराउन थापा हेलिकप्टरबाट हेटौंडा आएका थिए ।मनोनयन दर्ताका लागि वाग्मती प्रदेश मन्त्रिमण्डलको टोली र नेकपा एमाले नेतासहितको टोली थापासँगै प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेको थियो । यसअघि कांग्रेस(माओवादी साझा उम्मेदवारका रुपमा खिमलाल देवकोटाले उम्मेदवारी दर्ता गराएका छन् । ईकान्तिपुरबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*