थप १० जना कोरोना सङ्क्रमितको ज्यान गयाे

जनपत्र
२४ बैशाख २०७८, शुक्रबार १०:१७

बाँके – बाँकेमा थप १० जना कोरोना सङ्क्रमितको ज्यान गएको छ ।

गएराति भेरी अस्पतालमा ५ र शिक्षण अस्पतालमा ५ गरी १० जनाको ज्यान गएको हो । नेपालगञ्ज उपमहानगरपालिकाका ७, कोहलपुर नगरपालिकाका एक, बर्दियाको बारबर्दियाका एक र टीकापुर कैलालीका एक जना सङ्क्रमितको ज्यान गएको अस्पतालको विवरण छ ।

योसँगै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या एक सय ६९ पुगेको छ । बाहिरी जिल्लाका एक सय ३० जनाको ज्यान गएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*