राप्ती चक्रपथको काम लकडाउनका बेला पनि निरन्तर

जनपत्र
२४ बैशाख २०७८, शुक्रबार १०:१४

दाङ – लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा राप्ती गाउँपालिकाको गौरवको योजना राप्ती चक्रपथ निर्माणको काम लकडाउनका बेला पनि निरन्तर भइरहेको छ ।

दुवैतर्फ नालासहित ३५ किलोमिटर लम्बाइ र १२ मिटर चौडाइको चक्रपथ निर्माणको काम स्वास्थ्य मापदण्ड पालना गरेर भइरहेको निर्माण व्यवसायीले बताएका छन् ।

राप्ती गाउँपालिकाको वडा नम्बर १ र वडा नम्बर ६ बाट एकैसाथ निर्माण सुरु भएको चक्रपथको अहिले कालोपत्रे गर्ने काम भइरहेको छ । राप्ती गाउँपालिकाले कालोपत्रे, स्तर उन्नति र ट्रयाक खोल्ने कामलाई सँगसँगै अगाडि बढाएको छ ।

प्रदेश सरकारको समपूरक कोष र पालिकाको एक/एक करोड रुपैयाँको लागतमा राप्ती चक्रपथको काम भइरहेको राप्ती गाउँपालिकाका इञ्जीनियर अशोक बेलबासेले बताउनुभयो । निर्माणाधिन राप्ती चक्रपथलाई राजमार्गसम्म जोड्न विभिन्न पाँच वटा सडकलाई लिङ्क रोडका रुपमा विकास गर्ने योजना छ । अहिले ती लिङ्क रोडको स्तर उन्नतिको काम भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*