हेटौंडाको नेवारपानीमा बस र ट्रक ठोकिदा १८ जना घाइते

जनपत्र
२४ बैशाख २०७८, शुक्रबार ०९:२०

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको नेवारपानीमा बस र ट्रक एक आपसमा ठोकीदा १८ जना यात्रु घाइते भएका छन् । आज बिहान दुइवटा सवारी एक आपसमा ठोकिदा १८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।

काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेको ना ७ ख ९१४० नम्बरको बस र हेटौंडाबाट चितवन तर्फ जाँदै गरेको ना ५ ख ४१४६ ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा ट्रक चालकसहित १८ जना घाइते भएका हुन् । उनीहरुको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्यमा चालकको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*