बागमतीमा ३२ हजार ५६३ कोरोना संक्रमितको उपचार हुँदै, ५१८ जना आइसीयुमा, १८५ जना भेन्टिलेटरमा

कोरोना संक्रमित बेढ खोज्दै हैरान, प्रदेशमा आइसीयुका ११२ बेढ र भेन्टिलेटरका १२२ बेढ खाली छन् ।
जनपत्र
२४ बैशाख २०७८, शुक्रबार ०८:५५

हेटौंडा । बागमती प्रदेशमा कोरोना संक्रमितको सख्या दिनहुँ बढ्दै गएको छ । कोरोना संक्रमित मध्यमा ३२ हजार ५ सय ६३ कोरोना संक्रमितको प्रदेशका बिभीन्न अस्पताल र आइसोलेसनहरुमा उपचार हुँदै छ ।

प्रदेशको हेटौंडा, भरतपुर, काठमाण्डौ उपत्यका लगाएत बिभीन्न जिल्लाका अस्पतालमा ५ सय १८ जना आइसीयुमा र १ सय ८५ जना भेन्टिलेटरमा उपचार भइरहेको प्रदेशको सामाजिक विकास मन्त्रालयका कोभिड–१९ का प्रवक्ता डाक्टर पुरुषोत्तमराज सेढाइले जानकारी दिनुभयो ।

प्रदेशमा आइसीयु १ सय १२ बेढ र भेन्टिलेटरका १ सय २२ बेढ खाली छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्याङक अनुसार आइसोलेसन अझै नभरिएको भएपनि संक्रमित बिरामीले भने बेढ नपाएको गुनासो गरिरहेका छन् । सरकारी तथ्याङक अनुसार यस प्रदेशमा आइसीयुका ६ सय ३० बेढ छन् भने बिरामी ५ सय १८ जना मात्र उपचाररत छन् ।

भेन्टिलेटर ३ सय ७ वेढको रहेको छ भने यसमा बिरामी भने एक सय ८५ जना उपचाररत रहेका छन् । अझै थपएिका बिरामीलाइृ सहज रुपमा उपचार गर्न सक्ने मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*