संक्रमणका जटिल बिरामीलाई अन्यत्र नलैजान मन्त्रालयको आग्रह

जनपत्र
२४ बैशाख २०७८, शुक्रबार ०७:०२

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ का संक्रमितहरुको व्यवस्थापनमा विषयमा सबैमा एउटा अपील गरेको छ ।मन्त्रालयका सहप्रवक्ता डा।समिरकुमार अधिकारीद्वारा जारी गरिएको उक्त अपीलमा नेपालमा कोभिड १९ को संक्रमणले अहिले निकै कठिन तथा दुस्खदायी अवस्था सिर्जना हुँदै गरेको उल्लेख गरिएको छ ।

‘यस्तो कठिन अवस्थामा सबै नेपालीहरुले संयमितहुँदै संवदेनशील बनेर सहकार्य, समन्वय गर्नु पर्ने टड्कारो समय भएकाले सबै जिम्मेवार बन्दै सबै नेपालीले एक–अर्काको स्वास्थ्य रक्षा र उपचारको लागि जुट्नु पर्नेछ’, अपीलमा भनिएको छ ।

उक्त अपीलमा भनिएको छ–‘सबैमा स्वास्थ्यकर्मीहरुको सल्लाह अनुसार मात्रै स्वास्थ्य सम्बन्धि व्यवहार, गतिविधिहरु गर्नु हुन तथा सर्वसाधारणमा अनावश्यक हल्लाहरुको पछि लागेर भ्रममा नपर्नु हुन तथा सहयोगी भावनाले संक्रमण रोकथाम तथा नियन्त्रणमा भूमिका निर्वाह गर्नु हुन अनुरोध छ ।’ डा।अघिकारीले चिकित्सकको सल्लाह अनुसार मात्रै औषधिहरुको प्रयोग गर्न तथा अस्पतालमा भर्ना भैरहेका जटिल संक्रमितहरु अन्यत्र लैजाने कामहरु नगर्न नगराउन अनुरोध गरेका छन् ।

‘चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले समेत आधिकारिक र प्रमाणित काम कुराहरु गर्न, गराउनु हुन र अस्पतालहरुले उपचार भैरहेका संक्रमितहरुलाई अन्य अस्पतालहरुमा पठाउनुअघि पठाइने अस्पतालमा उपचार हुने व्यवस्था सुनिश्चित गरेर चिकित्सकसंग समन्वय गरेर मात्रै गर्न निर्देशन छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*