नेकपा एमाले बागमती प्रदेशको संसदीय बोर्ड गठन

जनपत्र
२३ बैशाख २०७८, बिहीबार १८:३७

 हेटौंडा / नेपाल कम्युनिस्ट पार्टी ( एमाले) बागमती प्रदेश संसदीय दलले संसदीय बोर्ड गठन गरेको छ । दलका नेता एबम बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा १३ सदस्यीय बोर्ड गठन गरिएको हो। नेकपा एमालेको दलको बिधान २०७७ को दफा १७ बमोजिम बोर्ड गठन गरीएको हो ।
बोर्डको सदस्यमा प्रमुख सचेतक दीपक निरौला(पदेन), अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुण नेपाल, बिजय सुवेदी, शशिजङ थापा, उर्मिला कर्माचार्य, शान्ति थिङ, सरस्वती बाटी, नारायण बहादुर सिलवाल, सीता लामा र प्रदीप कटुवाल रहनुभएको छ । बोर्डको पदेन सदस्यमा दलको सचेतक र उपनेता रहने व्यबस्था रहेको छ । हाल सचेतक र उपनेता रिक्त रहेकोले पछि थप हुने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*