काठमाण्डाै उपत्यकामा थपिए झन्डै चार हजार काेराेना सङ्क्रमित

काठमाण्डाै – पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा झन्डै चार हजार जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २४ घण्टामा काठमाण्डाै उपत्यकामा तीन हजार नाै सय ७२ जनामा सङ्क्रमण पुष्टि भएकाे हाे ।
काठमाण्डौमा तीन हजार एक सय ६३ जना, भक्तपुरमा पाँच सय ६७ जना र ललितपुरमा दुई सय ४२ जना गरी काठमाण्डाै उपत्यकामा तीन हजार नाै सय ७२ जना सङ्क्रमित थपिएका हुन् ।
काठमाण्डाै उपत्यकाबाहिर रुपन्देहीमा मात्रै एक हजार ६९ जनामा काेराेना सङ्क्रमण पुष्टि भएको छ ।
त्यस्तै पछिल्लाे २४ घण्टामा देशभर नाै हजार ७० जना काेराेना सङ्क्रमित थपिएका छन् । एकैदिन सङ्क्रमण पुष्टि हुने याे सङ्ख्या अहिलेसम्मकै धेरै हाे ।