कोरोना संक्रमित बिरामी ओसार्न हेटौंडा उपमहानगरद्वारा निशुल्क एमुलेन्सको व्यवस्था

जनपत्र
२३ बैशाख २०७८, बिहीबार ०९:५७

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले कोरोना भाइरस संक्रमित बिरामी घरबाट अस्पताल वा आइसोलेसनमा ल्याउनका लागि निशुल्क एमुलेन्सको व्यावस्था गरेको छ । संक्रमित बिरामीलाई ल्याउनका लागि कुनैपनि एमुलेन्सले आनाकानी गर्ने भएकाले निशुल्क एमुलेन्सको व्यावस्था गरिएको उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले वताउनुभयो ।

अहिले दिनहुँजसो हेटौंडाको गौरीटार आइसोलेसन र हेटौंडा अस्पताल र भरतपुर सम्म कोरोनाका बिरामी लैजानका लागि एमुलेन्सले सेवा दिइरहेको मेयर महतले वताउनुभयो । एमुलेन्स ४ सै घण्टा गौरीटार आइसोलेसनमा राख्ने गरिएको छ ।

बिरामीको फोन आउने वित्तकै घरघरमा लिन जाने गरिएको मेयर महतले वताउनुभयो । कोरोना महामारीको समयमा स्थानीय सरकारले निशुल्क रुपमा एमुलेन्सको व्यावस्था गरेपछी बिरामी र उहाँका परिवार खुसी भएका छन् ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–६ गौरीटारमा ३५ बेढको आइसोलेसन सञ्चालनमा आएको छ । उपमहानगरपालिकाले आफ्नै लगानीमा ३५ बेढको आइसोलेसन सञ्चालनमा ल्याएको हो । हेटौंडाका कोरोनाका बिरामीलाई उपचार गर्नका लागि सहज होस भन्ने उदेस्यले डाक्टर सहितको आइसोलेसन सेवा सुरु गरिएको मेयर  महतले वताउनुभयो ।

कोरोना संक्रमणका गम्भिर बिरामीलाई हेटौंडा अस्पतालको आइसीयु र एचडीयुमा राखेर उपचार गरिने र अरु सामान्य खालका बिरामीलाई गौरीटारको आइसोलेसनमा उपचार गरिने  वताउनुभयो । अहिले ३५ बेढको आइसोलेसन सञ्चालन गरेपनि यसलाई बेढ थपीदै लगिने मेयर महतले वताउनुभयो ।

हेटौंडामा कोरोनाका बिरामी दिनहुँजसो धेरै बढ्दै गएकाले यसको नियन्त्रणका लागि सबै उपाय अपनाएर काम गरिएको उहाँले वताउनुभयो । आइसोलेसनमा डाक्टर, नर्स, अनमी, अहेब सहितका स्वास्थ्यकर्मीले कोरोना संक्रमितको उपचार गरिरहेका छन् । गौरीटारको आइसोलेसनमा अक्सीजन सहितको सेवा दिइएको हो । मकवानपुरमा कोरोना संक्रमणका बिरामी बढ्दै गएपछी हेटौंडा अस्पताल र गौरीटारको आइसोलेसनमा थेग्नै नसक्ने अवस्थामा पुग्न थालेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*