बागमती प्रदेशमा एकैदिन ४ हजार ५१९ जनामा कोरोना संक्रमण, संक्रमितको सख्या एक लाख ९६ हजार

जनपत्र
२३ बैशाख २०७८, बिहीबार ०९:२३

हेटौंडा । बागमती प्रदेशमा हिजो एकै दिनमा ४ हजार ५ सय १९ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपीएका छन् । कोरोनाको दोस्रो लहर फैलिएसंगै बागमती प्रदेशका जिल्लामा यसको जोखिम बढेको छ । हिजो एकैदिनमा संक्रमितहरु धेरै थपीदै गएको प्रदेशको सामाजिक बिकास मन्त्रालयका प्रवक्ता डाक्टर पुरुषेत्तम राज सेढाइले जानकारी दिनुभयो ।

बागमती प्रदेशका १३ जिल्लामा हाल सम्म एक लाख ९६ हजार ५ सय २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हाल सम्म यस प्रदेशमा ३१ हजार ५ सय ५२ जना उपचाररत रहेको उहाँले वताउनुभयो । यस प्रदेशमा हाल सम्म १ हजार ५ सय ३७ जनाको निधन भएको छ।

मकवानपुर जिल्ला पनि कोरोनाको उच्च जोखिममा परेको छ । मकवानपुरको हेटौंडासंगै जिल्लाका दश वटै स्थानीय तहमा कोरोना भाइरसको उत्तिकै जोखिम बढेको छ । स्वास्थ्य मापदण्ड पनि पालना नहुँदा थप समस्या भएको स्वास्थ्यकर्मीहरु वताउँछन् ।

मकवानपुर जिल्लामा पनि कोरोनासंक्रमितहरु बढ्न थालेका छन् । बागमती प्रदेशका उपत्यकाका जिल्लामा कोरोनाको जोखिम अली बढेको छ । कोरोनाका बिरामी उपत्यकाका जिल्लामा धेरै देखिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*