हेटौंडाका टोल–टोलमा स्लाब ढलान

जनपत्र
२२ बैशाख २०७८, बुधबार ०८:४८

हेटौंडा । हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्रका पछी थपीएका साविकका गाबिसका टोलटोलमा स्लाब ढलानको काम भइरहेको छ । कच्ची सडकलाई पक्की वनाउने अभियान अनुसार काम भइरहेको हो ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ उत्तरपानीमा स्लाब ढलानको काम भइरहेको छ । उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले स्लाब ढालनको शिलान्यास गर्नुभयो । कुल ९९ लाख रुपैयाँ लागतमा स्लाब ढलान गर्न लागिएको हो । यो रकमबाट ६ मिटर चौडाइको ७ सय मिटर लम्बाइको सडक निर्माण गर्न लागिएको मेयर महतले वताउनुभयो ।

हेटौंडामा पछी थपीएका वडाहरुमा बिकास निर्माणका कामले तिब्रता पाएको उहाँले वताउनुभयो । साबिकका नगरका वडाहरुसंगै पछी थपीएका वडाहरुमा धेरै कच्ची सडकलाई पक्की बनाउने अभियान जारी राखिएको वताउनुभयो । कार्यक्रममा हेटौंडा १४ का वडा अध्यक्ष दिपक खड्काको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*