हेटौडामा कोरोना बिरुद्ध खोप लगाएकाहरुको रोगसंग लड्ने क्षमताको बिकास भएको छ–डाक्टर श्रेष्ठ

जनपत्र
२२ बैशाख २०७८, बुधबार ०८:०१

हेटौंडा । हेटौंडा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले कोरोना बिरुद्धको दोस्रो खोप लगाइसकेका छन् । खोप लगाउने धेरैजसोको कोरोना भाइरस (कोभिड १९) रोगसंग लड्ने क्षमताको विकास भएको परिक्षणका क्रममा पाइएको हेटौंडा अस्पतालका प्रमुख डाक्टर प्रबिण श्रेष्ठले वताउनुभयो ।

हेटौंडा अस्पतालका ९१ जना स्वास्थ्यकर्मीलाई एन्टीबढी परिक्षण गर्दा २६ जनाको कोरोनासंग लड्ने क्षमताको विकास हुन बाँकी रहेको र अरु ६५ जनामा कोरोनासंग लड्ने क्षमताको विकास भएको उहाँले जानकारी दिनुभयो ।

अस्पतालमा कार्यरतलाई परिक्षण गर्दा कोरोना भ्याक्सीनले काम गरेको पाइएको उहाँले वताउनुभयो । अस्पतालमा कार्यरत कर्मचारी, स्वास्थ्यकर्मी अधिकांशले कोरोना बिरुद्धको दोस्रो डोज लगाईसकेका छन् । कोरोनासंग लड्नका लागि खोप अत्यन्त उपयोगि भएको स्वास्थ्यकर्मीहरु वताउँछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*