वैशाख २७ अघि नै नयाँ गठबन्धनको बहुमत जुटाउने कसरत

जनपत्र
२२ बैशाख २०७८, बुधबार ०६:२९

प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो वैशाख २७ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिने निर्णय गरेपछि नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र० र जनता समाजवादी पार्टी ९जसपा०को एउटा पक्षले त्यसअघि नै ओलीको विकल्पमा नयाँ गठबन्धनको बहुमत जुटाउने कसरत शुरु गरेका छन्। प्रधानमन्त्री ओलीले आफ्नो सरकारलाई विश्वासको मत दिन प्रतिनिधि सभामा औपचारिक प्रस्ताव गर्नुअघि नै नयाँ सरकार गठनका लागि बहुमत पुर्‍याउने तयारी उनीहरुले शुरु गरेका हुन्।

माओवादी केन्द्रले मंगलबार स्थायी कमिटी बैठकबाट वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। उसको यस्तो निर्णयपछि नयाँ सरकार गठनको लागि अंकगणितीय पहल शुरु भएको हो। माओवादीले समर्थन फिर्ताको औपचारिक निर्णय गरेपछि प्रधानमन्त्री ओली स्वतः अल्पमतमा परेका छन्। यसअघि माओवादी परिस्थिति परिपक्व बनेपछि मात्र समर्थन फिर्ता लिने भन्दै परिस्थितिको आकलन गरेर बसेको थियो। सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपालाई वैधानिकता नदिई एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि प्रधानमन्त्री ओलीले एक महिनाभित्र विश्वासको मत लिने आकलन गरिएपनि उनले त्यस्तो अग्रसरता नलिएपछि माओवादी ‘परिस्थिति’ कुरेर बसेको थियो।

माओवादीका नेताहरुले अब परिस्थिति परिपक्व बनेको बताएका छन्। प्रधानमन्त्री ओलीले २७ गते विश्वासको मत लिने निर्णय गरेपछि माओवादीलगायतका दलहरु सबभन्दा पहिले प्रधानमन्त्रीको प्रयासलाई असफल पार्न केन्द्रित हुँदैछन्। नेपाली कांग्रेसको मंगलबारको बैठकले प्रधानमन्त्रीको विश्वासको मत लिने प्रस्तावलाई फेल गराउने निर्णय नै गरिसकेको छ। त्यसपछि अर्को बाटो खुल्ने कांग्रेसले उल्लेख गरेको छ।

कांग्रेस र जसपाबाट संकेत पाएपछि नै समर्थन फिर्ता लिएर नयाँ गठबन्धन निर्माणका लागि पहल अघि बढाइएको माओवादीका नेताहरुले बताएका छन्। माओवादीका स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले प्रधानमन्त्री ओलीविरुद्धको मोर्चाबन्दी बनाउँदै संयुक्त सरकार गठनको पहल गर्न समर्थन फिर्ता लिएको नेपाल लाइभलाई बताए। ‘हाम्रो प्रयास वैशाख २७ गते अघि नै बहुमत सिद्ध गर्ने हो। कांग्रेस पहिला भन्दा सकारात्मक ढंगले आएको छ। ओलीविरुद्ध एक हुनुपर्छ भनेर हामीले प्रदेश तहसम्मै सहकार्य शुरु गरिसकेका छौं। जसपाभित्र अन्तरविरोध रहे पनि त्यहाँ अहिले ओलीलाई समर्थन गनुहन्न भन्ने पक्ष बलियो हुँदै गएको छ’, पोखरलले भने, ‘हामीले शुरुदेखि नै संयुक्त सरकारका लागि संयुक्त कार्यक्रम र संयुक्त आचारसंहिता बनाएर जाउँ भनेर पहल गरेका हौं। त्यही सरसल्लाहकै आधारमा अघि बढेका छौं।’

कांग्रसदेखि जसपासमेतले समर्थन फिर्ता लिन सुरुदेखि नै आग्रह गरेकाले प्रधानमन्त्रीविरुद्ध मोर्चाबन्दी बनाउन सजिलो हुने भएपछि समर्थन फिर्ता लिएको पोखरेलले बताए। ‘कांग्रेस, जसपाले तपाईंहरु सबैभन्दा पहिला समर्थन फिर्ता लिनुस् भनेका थिए। आज त्यो निर्णय गरेका छौं। यो निर्णयले प्रतिगमनविरुद्ध लागेका शक्तिहरु एक ठाउँमा आउने आधार बनाएको छ’, पोखरेलले भने।

कांग्रेसभित्र संयुक्त सरकार बनाउने वा अर्ली इलेक्सनमा जाने भन्नेबारे दुइथरी मत देखापरेको थियो। ओली सरकारले एकपछि अर्को वितन्डा मच्चाउन थालेपछि अग्रसरता लिनुपरेको कांग्रेसका एक नेताले बताए। त्यसबाहेक पछिल्लो समय कोरोना संक्रमण भयावह बन्दै जानु र यस्तो बेला चुनावी खर्चलाई मध्यनजर गरेरसमेत अर्ली इलेक्सनमा जान कठिन वातावरण बनेकाले ओलीविरुद्ध उभिन सहज भएको ती नेताको भनाई छ। नेपाललाईभबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*