त्रिविको स्नातकोत्तर तहमा सीएसआईटी सहित १७ विषयमा भर्ना खुला, अनलाइन आवेदनकाे समयसीमा थप

जनपत्र
२२ बैशाख २०७८, बुधबार ०६:२५

त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानले स्नातकोत्तर तहका लागि भर्ना खुलाएको छ । यसअन्तर्गत कम्प्युटर विज्ञान तथा सूचना प्रविधि ९सीएसआईटी०, डेटा साइन्ससहित विभिन्न १७ विषयमा संस्थानले भर्ना खुलाएको हो ।

यसअघि संस्थानले विद्यार्थीका लागि वैशाख २८ गतेसम्म प्रवेश परीक्षाका लागि अनलाइन फारम बुझाउने म्याद तोकेको थियो । तर कोरोना महामारी फैलिँदै गएका कारण अर्को सूचना नभएसम्म विद्यार्थीले अनलाइन फारम भर्नसक्ने छन् ।

संस्थानले जारी गरेको सूचनामा भनिएको छ, ‘विश्वव्यापी रुपमा फैलिँदै गइरहेको कोभिड-१९ को महामारीका कारण काठमाडौं उपत्यकालगायत धेरै जिल्लाहरुमा निषेधाज्ञासमेत जारी भएको हुँदा अर्को सूचना प्रकाशित नभएसम्म प्रवेश परीक्षासम्बन्धी कार्यक्रममा सहभागी हुन अनलाइन माध्यमबाट आवेदन फरम बुझाउन सकिने व्यहोरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ ।’

No description available.

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*