जीएसएम १८ लाख र सीडीएमए ६ लाख थपिन्छ

जनपत्र
२२ बैशाख २०७८, बुधबार ०५:५९

पछिल्ला ५/६ वर्षको अवधिमा सेवा विस्तारमा नेपाल टेलिकमले छलाङ मारेको छ । २०६० सालको अन्त्यसम्म यसको ग्राहक संख्या ५ लाख रहेकामा हाल ५७ लाख पुगिसकेका छन् । गाउँमा सञ्चारको पहुँच पुर्‍याउन हाम्रो भूमिका महत्वपूर्ण छ । सेवाको गुणस्तर तुलनात्मक शब्द हो । यदाकदा विकसित देशहरू जापान, सिंगापुर तथा यूरोपमा पनि मोबाइलमा अपेक्षाअनुसारको गुणस्तर हुँदैन । हामीकहाँ गुणस्तर नहुनुको एउटा कारण विद्युत् आपूर्तिमा उत्पन्न समस्या पनि हो तर सोलार तथा ब्याट्रीमार्फत समस्या समाधान गर्न खोजिएको छ । सेवाको गुणस्तरको कुरासँगै गाउँमा गर्नुपर्ने सेवा विस्तारको सन्दर्भलाई पनि बिर्सन मिल्दैन । यसको अर्थ सेवाको गुणस्तरलाई ध्यान नदिएको भन्ने होइन ।

पाकिस्तानमा ४ वर्षअगाडि १ नम्बरमा रहेका सरकारी दूरसञ्चार कम्पनीहरू अहिले धेरै पछि परिसकेका छन् । सरकारी कम्पनीहरूलाई लामो समयसम्म प्रतिस्पर्धाको बजारमा टिक्न गाह्रो हुन्छ । विभिन्न कारणले उनीहरूलाई निजी कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न निकै अप्ठ्यारो पर्दछ ।

नियम कानुन र प्रक्रियाले गर्दा पनि समस्या परेको देखिन्छ । निजी कम्पनीले ३ घण्टामा गर्न सक्ने निर्णयका निमित्त सरकारीलाई ३ महिना लाग्न पनि सिक्छ । प्रतिस्पर्धामा दौडन सरकारी कम्पनीसँग दुई विकल्प हुन सक्छ । पहिलो व्यवस्थापकीय सुधार हो । यो अलि गाह्रो विषय हो । दोस्रो विकल्प भनेको ३० प्रतिशत सेयर दिएर रणनीतिक साझेदार ल्याउने । यो सामान्य अभ्यासकै कुरा हो । अभियानडेलीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*