हेटौंडा अस्पतालमा आजै थप एक जना कोरोना संक्रमितको मृत्यु

जनपत्र
२१ बैशाख २०७८, मंगलवार १७:३३

हेटौंडा । मकवानपुरको एक मात्र सरकारी हेटौंडा अस्पतालको कोभिड कक्षमा थप एक संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराका ५९ वर्षीय पुरुष रहेका छन् ।

यो संगै आज हेटौंडा अस्पतालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ पुगेको हेटौंडा अस्पतालका प्रमुख डाक्टर प्रबिण श्रेष्ठले वताउनुभयो । यसअधि आजै हेटौंडा ६ की ४१ वर्षीय महिलाको कोरोनाको कारण मृत्यु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*