हेटौंडा–६ की कोरोना संक्रमित महिलाको अस्पतालमा उपचारका क्रममा मृत्यु

जनपत्र
२१ बैशाख २०७८, मंगलवार ०८:५३

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–६ निवासी ४१ बर्षिय महिलाको कोरोना संक्रमणका कारण आज बिहान हेटौंडा अस्पतालमा मृत्यु भएको छ । हिजो साँझ अस्पतालको इमरजेन्सीमा उपचार गर्न आउनुभएकी महिलाको कोरोना रिपोर्ट पाजेटिभ आएको र उपचार गर्दा गर्दै मृत्यु भएको हेटौडा अस्पतालका प्रमुख डाक्टर प्रबिण श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँलाई कोरोना भाइरस सम्वन्धी सबै खालका लक्षण देखिएपछी साँझनै ल्याबमा कोरोना परिक्षण गरिएको थियो । राती १२ बजे मात्र रिपोर्ट पोजेटिभ आएको थियो । अरु रोगले भन्दा पनि कोरोना भाइरसका कारणनै मृत्यु भएको श्रेष्ठले वताउनुभयो । हेटौंडा अस्पतालमा उपचारका क्रममा तीन दिनमा चार जनाको मृत्यु भइसकेको छ । अस्पताल आउँदा पनि सिकीस्त बिरामी मात्र आउने र उपचार गर्न नभ्याइकन मृत्यु हुने दुइजना पुगिसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*