प्रधानमन्त्रीले किन गरे विश्वासको मत लिने कठोर निर्णय ?

जनपत्र
२१ बैशाख २०७८, मंगलवार ०७:०७

धमाधम प्रदेश सरकारहरूमाथि अविश्वासको प्रस्ताव दर्ता र मतदानको प्रक्रिया चलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख २७ गते आफ्नै परीक्षण ‘विश्वासको मत’ लिने भएका छन् ।

२७ गते संसदमा हुने ओलीको परीक्षणपछि नेपालको राजनीति कुन दिशामा मोडिन्छ भन्ने कुराको समेत छिनोफानो हुने जानकारहरु बताउँछन् । त्यसैले पनि आगामी बैशाख २७ नेपालको राजनीतिका लागि अर्को महत्त्वपूर्ण दिन हुने विश्लेषकहरुको भनाइ छ ।

गण्डकी र लुम्बिनी प्रकरणको सन्देश

विपक्षी गठबन्धनमा बहुमत हुँदाहुँदै लुम्बिनी प्रदेशमा शंकर पोखरेल पुनः मुख्यमन्त्री बनेका छन् भने गण्डकी प्रदेशका पृथ्वी सुब्बा गुरुङले केही दिन भए पनि आफ्नो पद जोगाएका छन् ।

वैशाख २० गते लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि मतदान हुँदै गर्दा अघिल्लो दिन ९१९ गते ० पोखरेलले पदबाट राजीनामा दिए र पुनः सोही दिन मुख्यमन्त्रीको सपथ लिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*