म्यानमारमा थप आठ प्रदर्शनकारीको मृत्यु, ३६ घण्टामा ११ स्थानमा बम विस्फाेट

जनपत्र
२१ बैशाख २०७८, मंगलवार ०७:०४

म्यानमारमा सुरक्षाकर्मीले चलाएको गोली लागेर आइतबार थप आठ प्रदर्शनकारीको मृत्यु भएको छ। स्थानिय समाचार माध्यमहरुका अनुसार म्यानमारको प्रमुख सहर रंगुन र मान्डलेमा दुई, वेटलेट तीन, शान राज्यका विभिन्न स्थानमा दुई र हपाकान्तमा एक प्रदर्शनकारीको मृत्यु भएको हो।

बौद्ध भिक्षुहरूको नेतृत्वमा देशभरका सहरहरू सेनाविरुद्ध प्रदर्शन भइरहेको छ। यसैलाई दबाउन देशको मुख्य व्यापारिक केन्द्र रंगुन र दोस्रो ठूलो सहर मान्डलेमा सुरक्षाकर्मीहरुले दुई प्रदर्शनकारीको गोली हानी हत्या गरिएको मिज्जिमा समाचार एजेन्सीले जनाएको छ।

यस्तै, म्यानमारकै इरावड्डी समाचार वेबसाइटले मन्डलेमा सादा पोशाकका सुरक्षाकर्मीले राइफलले ताकेको तस्वीर प्रकाशित गरेको छ। वेटलेट सहरमा थप तीन प्रदर्शनकारी मारिएको म्यानमार नाउ समाचार संस्थाले जानकारी दिएको छ। समाचारमा जनाइएअनुसार दुईजना उत्तरपूर्वको शान राज्यको विभिन्न सहरमा मारिएका हुन्। यस्तै, उत्तरी जेड-खनन सहरको ह्पाकान्तमा एक प्रदर्शनकारीको मृत्यु भएको कचिन न्यूज ग्रुपले जनाएको छ।

गत फेब्रुअरी १ मा लोकतान्त्रिक सरकारलाई अपदस्थ गर्दै सेनाले सत्ता नियन्त्रणमा लिएपछि भइरहेको आन्दोलनका क्रममा ७५९ प्रदर्शनकारीको मृत्यु भइसकेको एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स ९एएपीपी०ले जनाएको छ। यस्तै, सेनाले उत्तर र पूर्वको दुर्गम गाउँहरुमा जातीय अल्पसंख्यक विद्रोहीहरूमाथि आक्रमण गर्न क्रम जारी राखेको छ। उक्त घटनाबाट हजारौं नागरिक विस्थापित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ।

म्यानमारमा टाङ लिबरेसन आर्मी, म्यानमार नेशनलिटिज डेमोक्रेटिक एलायन्स आर्मी र अराकान आर्मीले सेनाविरुद्ध लडाइँ लडिरहेका छन्। उनीहरुले अपदस्त गरिएकी नेशनल लिग फर डेमोक्रेसीकी प्रमुख आङ साङ सूचीको समर्थन गर्दै आएका छन्।

उनीहरुले केही महिना अगाडि मात्रै जनतामाथि दमन गरे हतियार उठाउने चेतावनी दिएका थिए। त्यसलगत्तै सेना केही संयम देखिएको थियो र प्रदर्शनहरु कम हुन थालेको थियो। तर, प्रदर्शनकारीहरूले विश्वभर रहेका बर्मेलीहरूसँग मिलेर विश्वव्यापी ुम्यानमार वसन्त क्रान्तिुको थालनी गरेको बताएका छन्। यसैअनरुप प्रदर्शनकारीहरूले विभिन्न शहर र साना नगरमा प्रदर्शन गर्दै आएका छन्।

कुनैकुनै स्थानमा प्रदर्शनकारीहरु घरेलु हतियारसहित सुरक्षाकर्मीहरुसँग लडिरहेका छन् भने देशको मध्य क्षेत्रहरूमा सेनाले रकेट आक्रमण र बम विस्फोट गराइरहेका छन्। आइतबार बिहान रंगुनको एक प्रहरी चौकी बाहिर बम विस्फोट भएको थियो। उक्त विस्फोटमा केही गाडीहरुमा क्षति पुगेको बताइएको छ।

त्यसको केही समयपछि नै सहरको दुई स्थानमा विस्फोट गरिएको थियो। एक प्रशासन अधिकारीको घरबाहिर भएको विस्फोटमा एक जना घाइते भएको इरावड्डीले जनाएको छ। शान राज्यको एक प्रतिष्ठित व्यापारीको घर बाहिर पनि बम विस्फोट भएको गराइएको छ।

स्थानिय सञ्चारमाध्यमहरुका अनुसार ३६ घण्टाको अवधिमा कम्तिमा ११ विस्फोट भएका छन्। जसमा अधिकांश विस्फोट रंगुन वरिपरी गराइएको छ। ुदेशमा स्थायित्व नचाहने केही दंगालीहरूले सरकारी भवनहरू र सार्वजनिक सडकहरूमा बम फ्याँकिरहेका छन्,ु सेनाहरुले भनेका छन्। यता, म्यानमारमा यसैगरी प्रदर्शन जारी रहे अर्थव्यवस्था डामाडोल हुनुका साथै २५ करोड जनता गरिबीको चपेटामा पर्ने जनाइएको छ। नेपाललाईभबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*