उपभोक्ता समितिलाई अभिमुखिकरण र अनुगमन

जनपत्र
११ बैशाख २०७६, बुधबार ०७:५८

भीमफेदी । भीमफेदी गाउँपालिका वडा नम्बर ९ का उपभोक्ता समितिका पदाधिकारीलाई अभिमुखीकरण कार्यक्रम भएको छ । गाउँपालिकाको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष हिदम लामाको प्रमुख आतिथ्यता रहेको थियो । भिमफेदी गाउँपालिका वडाध्यक्ष प्रकाश पुडासैनीको सभाध्य्क्षता रहेको कार्यक्रममा गाउँपालिकाका महाशाखा प्रमुखहरुले सहजीकरण गरेका थिए ।

गाउँपालिकाकि उपाध्यक्ष पार्वती रानाले गाउँपालिकाले तयार गरेको नीति नियम र उपभोक्ता समितीहरुको लागि सहज कसरी हुन सक्छ,अनुगमन कसरी गर्ने र यसलाई कसरी प्रभावकारी बनाउने भनेर जानकारी गराउनु भएको थियो । यस्तै गाउँपालिकाकी उपाध्यक्ष पार्वती रानाको नेतृत्वमा भीमफेदी–९ नामटारमा सञ्चालित योजनाहरुको अनुगमन समेत भएको छ ।

राना सहित गाउँपालिकाको प्राविधिकहरुको टोलीले अनुमगन गरेको हो । देउराली–भैंसेचोर–बासुकी सडक स्तरोन्नती, बागेश्वरी तरकारी संकलन केन्द्रको अनुगमन भएको हो । अनुगमनको क्रममा बागेश्वरी तरकारी संकलन केन्द्र राम्रो भएको गाउँपालिका उपाध्यक्ष रानाले बताउनुभयो । यस्तै सडक स्तरोन्नतीको काम भने हाल सञ्चालनमा रहेको छ । उक्त सडक खण्डलाई प्रदेश सरकारको बजेटबाट ३० लाख रुपैयाँ आएको देउराली–भैंसेचोर–बासुकी सडक उपभोक्ता समितिका अध्यक्ष अरुण बर्तौलाले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*