असिनापानीले थाहानगरको बज्रबाराहीमा लाखौको तरकारी बाली नष्ट (फोटो फिचर)

दिपक सिंह रुम्बा
२१ बैशाख २०७८, मंगलवार ०६:३७

मकवानपुर/असिनाका कारण मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिका बज्रबाराहीका किसानले लगाएको तरकारी बाली नष्ट भएको छ । गत बैशाख १६ गते बिहिबार परेको असिनाका कारण किसानले लगाएको काउली, बन्दा, आलु, प्याज, लसुन लगायतका बाली नस्ट गरेको हो । बेच्ने बेला भएको काउली र बन्दा बालीमा असिनाले लाखौँको तरकारी बाली नष्ट पारेपछि बज्रबाराहीका कृषकहरु चिन्तित बनेका छन् ।


असिनाले फुल्न सुरु भएको काउली र बन्दाको बोट छियाछिया पारेपछि आम्दानी हुने आशै छैन । तर आलुको बोट मात्रै नष्ट गरेकोले अलि-अलि आलु फल्छ कि भन्ने आशा रहेको स्थानीय किसानहरुको भनाई छ । खुल्ला स्थानमा लगाएको तरकारी बाली असिनाले पुरै नष्ट गरेपनि टनेलमा लगाएको तरकारीमा भने क्षती पुगेको छैन । आफुले टनेलमा तरकारी लगाएकोले क्षती त भएन तर अरुको बाली क्षती भएको देख्दा मनै थाम्न नसकेको स्थनीय कृषक राजभाई श्रेष्ठको भनाई छ । केही बेच्न तयार भएको त केही भर्खरै फुल्न लागेको काउली लगायतका अन्य बालीलाई समेत असिना पानीले नस्ट गरीदिएपछि टिस्टुङ बज्रबाराहीका कृषकहरु चिन्तीत बनेका छन् ।

कोरोना रोगको त्रास, बजार मुल्य लयागत बिभिन्न समस्याको पिडामा लगाएको तरकारी बाली पनि असिनाले नष्ट गरेपछि किसानहरु सारै चिन्तित बनेका छन् । जिविकोपार्जन गर्नका लागि कृषकले लगाएका तरकारीबालिहरु असिनाले नस्ट गर्दा तरकारी फलफुल बेचेर जिविकोपार्जन गर्ने किसानहरु अझ मारमा परेको देखिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*