तीन तहका सरकार मिलेर कोरोना बिरुद्धको युद्ध जित्छौं–मन्त्री बस्नेत

जनपत्र
२० बैशाख २०७८, सोमबार १८:०८

हेटौंडा । बागमती प्रदेशका सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले तीन तहका सरकार मिलेर मात्र कोरोनाको युद्ध जित्न सक्ने वताउनु भएको छ । प्रदेश, संघ र स्थानीय सरकार मिलेर मात्र कोरोनालाई जित्न सकिने उहाँले वताउनुभयो । कोरोना नियन्त्रण, रोकथाममा भएका प्रयासका विषयमा आज सामाजिक बिकास मन्त्रालयले गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो कुरा वताउनुभएको हो ।

प्रदेशका एक सय १९ वटै स्थानीय तहसंग सहकार्य गरेर काम गर्न आफुहरु तयार रहेको मन्त्री बस्नेतले वताउनुभयो । उहाँले मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने, हात धुने जस्ता स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गर्नुभयो । सामाजिक विकास राज्यमन्त्री डाक्टर रामकुमार अधिकारीले प्रदेशका १३ जिल्लाका अस्पताललाई कोरोनाका बिरुद्ध लड्नका लागि जुनसुकै सामाग्री खरिद गर्नका लागि पनि अधिकार दिइएको वताउनुभयो ।

आवस्यक औषधी, अक्सीजनको अभाव हुन नदिने उहाँले वताउनुभयो । कोरोना विरुद्धको अभियानलाई युद्धको संज्ञा दिंदै यो युद्ध जित्नका लागि स्वास्थ्यकर्मी, संचारकर्मी लगायतका सबै संयन्त्र परिचालन हुनुपर्नेमा जोड दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*