सुरक्षाकर्मीलाई गल्ली र टोल–टोलमा खटाउने प्रधानमन्त्रीको घोषणा

जनपत्र
२० बैशाख २०७८, सोमबार १६:४१

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसकाे सङ्क्रमण नियन्त्रणका लागि सुरक्षाकर्मीको व्यापक परिचालन गरिने बताउनुभएको छ  । देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चौबीसै घण्टा गल्ली र टोल–टोलमा सुरक्षाकर्मी खटाइने बताउनुभयो ।

‘जनस्वास्थ्य मापदण्ड पालना गराउन सुरक्षाकर्मीलाई टोल, बस्ती, गल्ली तथा अन्य ठाउँमा परिचालन गरी चौबीसै घण्टा अनुगमन र निगरानी गरिनेछ । मापदण्डको उल्लङ्घन गर्नेलाई कानुनबमोजिम दण्डित गरिनेछ’, ओलीले भन्नुभएको छ ।

जनस्वास्थ्यका मापदण्ड पालनाको नेतृत्व गृह मन्त्रालयले र जनचेतनाको नेतृत्व सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले गर्ने तथा परीक्षण, उपचार तथा अन्य विषय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले र खोप आयातको नेतृत्व परराष्ट्र मन्त्रालयले गर्ने पनि ओलीले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*