हेटौंडाको गौरीटारमा ३५ बेढको आइसोलेसन सञ्चालन, कोरोनाका बिरामी थपीदै

जनपत्र
२० बैशाख २०७८, सोमबार ०९:२७

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–६ गौरीटारमा ३५ बेढको आइसोलेसन सञ्चालनमा आएको छ । उपमहानगरपालिकाले आफ्नै लगानीमा ३५ बेढको आइसोलेसन सञ्चालनमा ल्याएको हो । हेटौंडाका कोरोनाका बिरामीलाई उपचार गर्नका लागि सहज होस भन्ने उदेस्यले डाक्टर सहितको आइसोलेसन सेवा सुरु गरिएको उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले वताउनुभयो ।

कोरोना संक्रमणका गम्भिर बिरामीलाई हेटौंडा अस्पतालको आइसीयु र एचडीयुमा राखेर उपचार गरिने र अरु सामान्य खालका बिरामीलाई गौरीटारको आइसोलेसनमा उपचार गरिने मेयर महतले वताउनुभयो । अहिले ३५ बेढको आइसोलेसन सञ्चालन गरेपनि यसलाई बेढ थपीदै लगिने मेयर महतले वताउनुभयो ।

हेटौंडामा कोरोनाका बिरामी दिनहुँजसो धेरै बढ्दै गएकाले यसको नियन्त्रणका लागि सबै उपाय अपनाएर काम गरिएको उहाँले वताउनुभयो । आइसोलेसनमा डाक्टर, नर्स, अनमी, अहेब सहितका स्वास्थ्यकर्मीले कोरोना संक्रमितको उपचार गरिरहेका छन् । गौरीटारको आइसोलेसनमा अक्सीजन सहितको सेवा दिइएको हो । मकवानपुरमा कोरोना संक्रमणका बिरामी बढ्दै गएपछी हेटौंडा अस्पताल र गौरीटारको आइसोलेसनमा थेग्नै नसक्ने अवस्थामा पुग्न थालेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*