हेटौंडा अस्पतालमा फेरी कोरोना संक्रमितको मृत्यु

अस्पतालमा उपचारका क्रममा गएराती एक जना र आज बिहान अर्का एक जना संक्रमितको मृत्यु भएको हो ।
जनपत्र
२० बैशाख २०७८, सोमबार ०८:०९

हेटौंडा । मकवानपुरको एक मात्र सरकारी अस्पतालमा आज बिहान फेरी एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । गएराती १२ बजे उपचारका लागि हेटौंडा अस्पतालमा बारा अमलेखगन्बाट ल्याइएका ४६ वर्षिय पुरुषको उपचारका क्रममा आज बिहान मृत्यु भएको हेटौंडा अस्पतालका प्रमुख डाक्टर प्रबिण श्रेष्ठले जानकारी दिनुभयो ।

अस्पतालमा अहिले अक्सीजन र भ्यान्टीलेटर सहित कोरोना संक्रमितको उपचार भइरहेको छ । अक्सीजनको मात्रा अत्यन्त कम भएका पुरुषको भ्यान्टीलेटरमा राखेर उपचार गर्न लाग्दै गर्दा मृत्यु भएको उहाँले वताउनुभयो । यसैगरी गएराती हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१ बस्ने ५५ बर्षीय पुरूषको उपचारको क्रममा मृत्यु भएको छ। हेटौंडा अस्पतालको कोभिड एचडियुमा उपचाररत उहाँको राती मृत्यु भएको अस्पतालका प्रमुख श्रेष्ठले वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*