हेटौंडा अस्पतालमा कोरोना संक्रमित पुरुषको मृत्यु

जनपत्र
२० बैशाख २०७८, सोमबार ०७:२६

हेटौंडा । मकवानपुरको हेटौंडा अस्पतालमा कोरोना भाइरसको उपचार गराइरहेका एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । कोरोना संक्रमित भएर उपचार गराइरहेका संक्रमितको मृत्यु भएको हो ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१ बस्ने ५५ बर्षीय पुरूषको उपचारको क्रममा मृत्यु भएको हो । हेटौंडा अस्पतालको कोभिड एचडियुमा उपचाररत उहाँको राती मृत्यु भएको अस्पतालका प्रमुख डाक्टर प्रबिण श्रेष्ठले वताउनुभयो ।

हेटौंडा अस्पतालमा अहिले गम्भिरखालका कोरोना संक्रमणका बिरामीको पनि उपचार भइरहेको छ । तराइका जिल्लाबाट समेत कोरोना संक्रमणका बिरामीलाई ल्याएर उपचार भइरहेको छ । कोरोना उपचारका लागि आइसियु संचालन गरेपछि हेटौंडा अस्पतालमा कोरोना संक्रमितको यो पहिलो मृत्यु हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*