माओवादीविना ओलीले यसरी पुर्‍याउन सक्छन् १३८ सिटको बहुमत, यस्तो छ संसद्को अंकगणित

जनपत्र
२० बैशाख २०७८, सोमबार ०७:०९

आइतबार लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएलगत्तै उनी पुनः मुख्यमन्त्रीमा नियुक्ति भएकै दिन केन्द्रमा पनि प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने घोषणा गरेका छन् । आफूसँग असन्तुष्ट रहे पनि माओवादीले समर्थन फिर्ता नलिएपछि प्रधानमन्त्री ओली आफैं एक कदम अगाडि सरेर विश्वासको मत लिने निर्णयमा पुगेका हुन् । यसको जानकारी ओलीले आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा गराइसकेका छन् ।

२७ वैशाखमा संसदको अधिवेशन बोलाउने र विश्वासको मत लिने प्रक्रिया अघि बढाउनेबारे ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँगसमेत आइतबार नै छलफल गरे । संसदमा बहुमत पुर्‍ याउन प्रधानमन्त्रीलाई १३८ सांसदको आवश्यकता पर्छ ।
प्रधानमन्त्री ओलीले माओवादीले समर्थन नगरे पनि जसपालाई मनाएर आफूले संसदमा विश्वासको मत लिने प्रयासस्वरुप विश्वासको मत लिने भएका हुन् । संसदमा एमाले एक्लैको १२१ सिट छ । यस्तोमा बहुमत अर्थात् १३८ सिटको संख्या पुर्याउन उनी मात्रै १७ भोटले पछाडि छन् ।
पार्टीभित्रकै माधव नेपाल पक्ष असन्तुष्ट भएर भोट नहाले एउटा पाटो हो अन्यथा उनले १७ भोट थप जुटाउन सक्दा बहुमत प्राप्त गर्नेछन् ।

यस्तोमा ६३ सिट ९२ सांसद निलम्बन० भएको कांग्रेस र ४९ सांसद रहेको माओवादीको समर्थन ओलीलाई हुने देखिंदैन । यस्तोमा प्रधानमन्त्रीको आशा ३४ सिट९ २ सांसद निलम्बनपछि ३२ सिट रहेको जसपामाथि छ । जसपामा अन्तरविरोध तीव्र भइरहेका बेला मुद्दा फिर्तासहितका प्रक्रिया अघि बढाएर प्रधानमन्त्रीले आफूले समर्थन जिति छोड्ने दाबी गर्दै आएका छन् ।

तर, ३२ सिट भएको जसपाको एकल भोट पाउन प्रधानमन्त्रीलाई सहज भने छैन । जसपाको डा। बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष कुनै हालतमा प्रधानमन्त्रीको पक्षमा नउभिने तयारीमा छन् । ३२ मध्ये उनीहरुले गत शुक्रबार राति मात्रै १८ जनाको हस्ताक्षर ओलीविरुद्ध जुटाएको सार्वजनिक गरेका थिए ।

महन्थ ठाकुर र राजेन्द्र महतो ओलीको पक्षमा उभिए आफूहरुले विपक्षमा भोट उनीहरुले चुनौती दिंदै आएका छन् ।
तर, प्रधानमन्त्रीले मधेसकेन्द्रित दलहरुको विश्वास जित्न एक सयभन्दा बढीको मुद्दा फिर्ताको प्रक्रिया अघि बढाइसकेका छन् । यसले आफूहरुलाई ओलीतिर जान सकारात्मक वातावरण सिर्जना गरेको ठाकुर र महतोसहितका नेताहरुले प्रतिक्रिया दिएका छन् ।

जसपा पार्टीको संसदमा ३२ सिट छ । पूरै जसपाले ३२ सिटसहित साथ दिए ओलीले १५३ मत पुर्याउन सक्छन् । यस्तोमा नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राप्रपा र स्वतन्त्र सांसदका एक एक गरी तीन सिट बढाउन सके १५६ सिट पुग्ने देखिन्छ । तर, सहजै ओलीले यति मत पुर्याउन भने निक्कै कसरत र विश्वास जित्नुपर्ने हुन्छ । पूर्व राजपामा रहेर अध्यक्ष मण्डलमा रहेका नेता महेन्द्रराय यादवले यसपटक महन्थहरुलाई छोडेर बाबुराम उपेन्द्र यादवलाई रोजेका छन् । यस्तोमा पूरै जसपा एकै ठाउँमा उभिनेमा आशंका बढेर गएको छ ।

जसपा हुनु अघि पूर्व राजपा र समाजवादीका समान १७÷१७ सांसद थिए । दुवै तर्फका एक एक निलम्बनपछि १६÷१६ सांसद छन् । बहुमत पुर्याउन जसपालाई विभाजित गरेर भए पनि बहुमत पुर्याउने रणनीतिमा ओली रहेको बुझिन्छ । जसपा विभाजित भए ओलीले आफ्नो दलको १२१ मा १७ सिट थप जुटाउनुपर्ने हुन्छ । यस्तोमा जसपाको आधा हिस्सा र अन्य जनमोर्चा, नेमकिपा र स्वतन्त्रको मत जुटाउन सक्दा बहुमत जुटाउन सक्छन् ।

तर, ओलीको विकल्पमा ६१ सिट भएको कांग्रेस, ४९ सिट भएको माओवादीलाई जसपाको ३२ सिट नै बहुमतका लागि आवश्यक पर्छ । यी दलको पूरै मत जोड्दा बल्ल १४२ मत पुग्छ । तर, अहिलेसम्मको अवस्था हेर्दा सिंगो जसपा कांग्रेस र माओवादीको पक्षका उभिने सम्भावना निक्कै कम छ ।

प्रधानमन्त्रीविरुद्ध कांग्रेस र माओवादी अविश्वासको प्रस्ताव दर्ता गर्ने पक्षमा लामो समयदेखि छन् । तर, उनीहरुलाई जसपाले साथ नदिए बहुमत पुग्ने अवस्था कहिल्यै बनेन । यसैले ओली सरकारप्रति असन्तुष्ट भए पनि उनीहरुले अविश्वासको प्रस्ताव अघि बढाउन नसकेका हुन् । आफूले बहुमत गुमाउनु परे अर्को पक्षलाई बहुमत पुर्याउनै नदिने नीतिसमेत प्रधानमन्त्रीले लामो समय लिंदै आएका छन् । संसद विघटन गरी चुनाव रोजेका प्रधानमन्त्रीले फेरि पनि बहुमत नजुटे चुनावतिरै देशलाई अघि बढाउन विकल्पसहित अघि बढ्दा असन्तुष्ट माओवादीले बहुमत नपुग्ने डरले सरकारलाई दिएको समर्थन फिर्ता लिन सकिरहेको छैन । तर, ओली भने सके आफैंले बहुमत पुर्याउन नभए अर्को पक्षलाई आफूविरुद बहुमत पुर्याउन कुनै हालतमा नदिने दाउमा रहँदै आएका छन् । विश्वासको मत नै लिने भए पछि अब भने कुनै दल एकातिर बहुमतले निर्णय गर्नुपर्ने अवस्था आएको छ ।

यस्तोमा जसपा भने सरकारलाई टिकाउन पनि र अर्को सरकार गठनमा पनि निर्णायक देखिएको छ । यसैले उनीहरुले यतिखेर बार्गेनिङ निक्कै बढाएका छन् । तर, जसपा चरम विवादमा छ । यस्तोमा विश्वासको मत लिंदा एकैठाउँमा भोट हाल्न नसके जसपा फुट्नेछ ।

के गर्लान् माधव नेपाल पक्ष

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीसँगको विवाद उत्कर्षमा पुगेपछि माधव नेपाल पक्षले कर्णाली प्रदेशमा भोट नै क्रस गरेको थियो । अब विश्वासको मत लिने तयारीमा प्रधानमन्त्री अघि बढेपछि माधव नेपालका दुई दर्जन बढी सांसदले के गर्छन् भन्ने प्रश्न पनि खडा भएको छ । विश्वासको मत लिने भनेर प्रक्रिया अघि बढाएर ओलीले यसपटक फेरि माधव नेपाल पक्षमाथि नैतिक दबाब भने अघि बढाएका छन् । कर्णालीमा जस्तै भोट क्रस गरेर ओलीविरुद्ध भोट हाले परिस्थिति अर्कैतिर मोडिनेछ । यस अघि नै ओलीले माधव नेपाल पक्षका सांसदहरुलाई कारवाही गर्ने चेतावनी दिएपछि उनीहरु सर्वोच्च अदालतसम्म पुगेका थिए । नेपालवाचबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*