शङ्कर पाेखरेल पुनः मुख्यमन्त्री नियुक्त भएलगत्तै एमाले सांसदले दिए राजीनामा

जनपत्र
१९ बैशाख २०७८, आईतवार १८:४२

रुपन्देही – लुम्बिनी प्रदेशका नेकपा एमालेका सांसद दुगनारायण पाण्डेयले राजीनामा दिनुभएकाे छ । प्रदेशको मुख्यमन्त्रीमा शङ्कर पोखरेल पुनः नियुक्त भएलगत्तै असन्तुष्ट पाण्डेयले पदबाट राजीनामा दिनुभएकाे हाे ।

कपिलवस्तु क्षेत्र नम्बर १ (क) बाट निर्वाचित दुगनारायण पाण्डेयले पदबाट राजीनामा दिनुभएकाे हाे भने कपिलवस्तु क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित धर्मबहादुरलाल श्रीवास्तव र नवलपरासी पश्चिमका अजय शाहीले भने मुख्यमन्त्रीमा प्रस्तावित माओवादीका संसदीय दलका नेता कुलप्रसाद केसीलाई समर्थन गरेका छन् ।

आज नै मुख्यमन्त्री पोखरेलले राजीनामा दिएलगत्तै सांसद विमला वलीले माओवादी केन्द्र रोज्नुभएको थियो । त्यसपछि प्रदेश प्रमुख धर्मनाथप्रसाद साहले संविधानको धारा १६८ को (१) अनुसार पोखरेललाई नै मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

एमालेका तीन सांसदले असन्तुष्टि देखाएसँगै मुख्यमन्त्री पोखरेल नयाँ नियुक्तिबारे विवाद भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*