दाङमा भारतीय नम्बर प्लेटको कारमा भेटियो तीन बालकको शव

जनपत्र
१९ बैशाख २०७८, आईतवार ०६:४०

दाङको तुलसीपुरमा भारतीय नम्बर प्लेटको गाडीमा तीनजनाको बालकको शव भेटिएको छ । तुलसीपुर उपमहानगरपालिका-६, स्याउली बजारमा भारतीय नम्बर प्लेट जे ०१६६०८८५ भएको कारमा शिशुको शव भेटिएको हो ।

लामो समयदेखि पार्किङमा गरि राखिएको कारमा शनिबार राति शव बरामद भएको इलाका प्रहरी कार्यालय, तुलसीपुरका प्रहरी नायब उपरीक्षक ‘डीएसपी’ शिवबहादुर सिंहले बताए । उनका अनुसार कारबाट दुर्गन्ध आएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि गएर हेर्दा शव भेटिएको हो ।

शवको सनाखत भइनसके पनि सबै १० वर्षभन्दा कम उमेरका छन् । दाङका एसपी गणेश चन्दका अनुसार घटनाबारे गम्भीरतापूर्वक अनुसन्धान सुरू भइसकेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*