मकवानपुरका चार वटा स्थानीय तहमा निषेधाज्ञा लगाउने निर्णय

हेटौंडा । मकवानपुरका चार वटा स्थानीय तहमा स्थानीय प्रशासनले निषेधाज्ञा लगाउने निर्णय गरेको छ । कोरोना भाइरस नियन्त्रणका लागि जिल्ला सुरक्षा समिति मकवानपुरले निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले निषेधाज्ञा लगाउन जिल्ला सुरक्षा समितिलाई सिफारिस गरेकै आधारमा चार वटा स्थानीय तहमा निषेधाज्ञा लगाउने निर्णय भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डेले जानकारी दिनुभयो ।
यही बैशाख १९ गते बेलुका राती १२ बजेदेखि लागू हुनेगरी मकवानपुरको हेटौंडा, मनहरी, भीमफेदी र थाहा नगरपालिकाका क्षेत्रमा निषेधाज्ञा निषेधाज्ञा गरिएको हो । मनहरी गाउँपालिकाको भने राजमार्ग क्षेत्रबाट दायाँ बायाँ ५ सय मिटर वरपर सम्म निषेधाज्ञा गरिएको हो । निषेधाज्ञा यही बैशाख ३१ गते राती १२ बजे सम्म लगाइएको हो ।
नेपाल सरकार (मन्त्रिपरिषद् ) को निर्देशनलाई आधार मानेर जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र, मकवानपुरको सिफारिस र जिल्ला सुरक्षा समितिको मिति निर्णय समेतको आधारमा संक्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम मिति बैशाख १९ गते रातिदेखि १२ बजेदेखि बैशाख ३१ गते राति १२ बजेसम्म हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका, भीमफेदी गाउँपालिकाको सम्पूर्ण क्षेत्र र मनहरी गाउँपालिकाको पूर्व-पश्चिम राजमार्ग (महेन्द्र राजमार्ग)को दाँयारबाँया ५००/५०० मिटरको क्षेत्रमा लकडाउन गरिएको हो ।