वैवाहिक वर्षगाँठको उपलक्षमा विद्यालयलाई एक लाखको अक्षयकोष

जनपत्र
१८ बैशाख २०७८, शनिबार १४:४९

दाङ – वैवाहिक वर्षगाँठको अवसरमा दाङका एक दम्पतीले विद्यालयमा एक लाख रुपैयाँकाे अक्षयकाेष स्थापना गरेका छन् ।

दाङको तुलसिपुरका खेमकान्त पाण्डेको दम्पतीले स्थानीय सामुदायिक विद्यालयमा एक लाख बढीको अक्षयकोष स्थापना गर्नु भएको हाे । तुलसीपुर ५ निवासी पाण्डेले ३४ औँ वर्षगाँठको अवसरमा तुलसीपुर ४ रक्षाचौरमा रहेको गुरु जजुर माध्यामिक विद्यालयमा एक लाख एक हजार पाँच सय रुपैयाँको अक्षयकोष स्थापना गर्नु भएको विद्यालयले जनाएको छ ।

आज पाण्डे र उहाँकी धर्मपत्नी सावित्रा पाण्डेले विद्यालयका प्रधानाध्यापक विष्णुकुमारी केसी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकमणि पोख्रेललाई चेक हस्तान्तरण गर्नु भएको हो । अक्षयकोषको कार्यविधि तयार गरी वार्षिक रुपमा आउने व्याजदरले विद्यालयमा अध्ययनरत जेहेनदार विद्यार्थीलाई पुरस्कृत  गर्ने विद्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*