आईपीएल : पञ्जाबले बेङ्ग्लोरलाई ३४ रनले हरायो

जनपत्र
१८ बैशाख २०७८, शनिबार ०७:२८

काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किङ्ग्सले रोयल च्यालेञ्जर्स बेङ्ग्लोरलाई ३४ रनले हराएको छ ।

गएराति अहमदाबादमा पञ्जाबले दिएको एक सय ८० रनको लक्ष्य पछ्याएको बेङ्ग्लोरले २० ओभरमा ८ विकेट गुमाएर एक सय ४५ रन मात्रै बनाउन सक्यो ।

उसका कप्तान विराट कोहलीले ३५ तथा रजत पातिडर र हर्षल पटेलले ३१/३१ रन बनाए । पञ्जाबका हरप्रीत ब्ररले तीन विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको पञ्जाबले केएल राहुलको ९१ रनको मद्दतमा एक सय ७९ रन बनाएको थियो । हारसँगै बेङ्ग्लोरले १२ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।

हिजोको जितले पञ्जाब भने ६ अंकसहित पाँचौं स्थानमा पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*