हेटौंडाका होटल, लज, रेष्टुरेन्ट बन्द, २ सय बेढको आइसोलेसन निर्माण गर्न प्रदेश सरकारसंग अनुरोध

जनपत्र
१७ बैशाख २०७८, शुक्रबार १९:०७

हेटौँडा । देशव्यापी रुपमा कोरोना भाइरसका संक्रमित थपीएसंगै हेटौंडामा पनि कोरोनाका बिरामी दिनहुँ थपीएका छन् । यसको नियन्त्रणका लागि हेटौंडाका होटल, लज, रेष्टुरेन्ट बन्द गर्ने मकवानपुर प्रशासनले निर्णय गरेको छ । कोरोनाका बिरामी धेरै बढ्दै गएकाले अहिले भइरहेको आइसोलेसन कम हुने भएकाले २ सय बेढको आइसोलेसन निर्माण गर्न प्रदेश सरकारसंग अनुरोध गर्ने निर्णय गरिएको हो ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र मकवानपुरको आज बसेको बैठकले पछिल्लो समय हेटौंडा बजार क्षेत्रमा कोरोना संक्रमितहरुको संख्या वृद्धि हुन थालेपछि शनिबारबाट लागु हुनेगरि हेटौँडा उपमहानगरपालिका क्षेत्रमा लागु हुने गरि होटल देखि चिया पसलसम्म, हेटौँडा उपमहानगरपालिका वडा नंबर १० बसपार्क मा रहेको सबै ब्यवसाय बन्द गर्ने निर्णय गरेको हो ।

शनिबाटरबाट उपमहानगरपालिका क्षेत्रमा रहेका सम्पूर्ण होटल, लज, रेष्टुरेन्ट, मिठाई पसल तथा चिया पसलहरू बन्द हुनेछन भने सम्पूर्ण निजी अस्पतालहरूले आआफ्नो अस्पतालमा ज्वरो क्लिनिक सञ्चालन गर्ने र आवश्यक पर्ने स्वास्थ्यकर्मीहरू आलोपालो उपलब्ध गराउनु पर्ने निर्णय समेत गरेको छ ।

त्यसैगरी हेटौडा बजार क्षेत्रमा मानिसहरूको भिडभाडलाई नियन्त्रण एवं व्यवस्थापन गर्न व्यवसायको दिन तोकेर आलोपालो प्रणाली लागू गराउन मकवानपुर उद्योग वाणिज्य संघले व्यवस्थापन गर्ने गराउने गरी निर्णय गरेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*